
काठमाण्डौ । नेपाल फिफाको विश्व वरियतामा पुरानै स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्बजनिक गरेको वरियतामा नेपाल १ सय ७० औ स्थानमा कायम रहेको हो ।
अघिल्लो महिना ३ स्थान चिप्लदै नेपाल १ सय ७० औ स्थानमा पुगेको थियो । नेपालको यो वरियता दक्षिण एसियालीमा तेस्रो हो । नेपालभन्दा माथी भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औ स्थानमा रहेका छन् ।
नेपालपछि बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय १ र श्रीलंका २ सय ५ औ स्थानमा रहेका छन् । विश्व वरियतामा बेल्जियम यथावत रहदा फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेका छन् । अर्जेन्टिना विश्व बरियताको नवौ स्थानमा पुगेको छ ।
