
काठमाण्डौ । साग महिला भलिबलमा नेपालले ऐतिहासिक उपलब्धी हात पारेको छ । आज भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटले हराउदै नेपालले फाइनल यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को जित निकाल्दै नेपालले पहिलो पटक फाईनलमा स्थान बनाएको हो । फाइनल पुगेसंगै महिला भलिबलमा नेपालको रजत पदक पक्का भएको छ ।
नेपालले उपाधिका लागि भारतसंग प्रतिस्पर्धा गर्नेछ । भारतलाई हराउन सके नेपालले स्वर्ण पदक हात पार्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई सोझो सेटले हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । महिला भलिबलको कास्यका लागि श्रीलंका र माल्दिभ्स भिड्ने छन् ।
