Logo

नेपाल पहिलो खेलमै बराबरीमा रोकियो

ई-खेलकुद २०७६ असोज ३ , शुक्रबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । डिफेण्डिङ च्याम्पियन नेपाल काठमाडौंमा सुरु तेस्रो संस्करणको साफ अण्डर–१८ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा माल्दिभ्ससँग अंक बाढेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा भएको खेलमा १–० ले पछि परेको नेपालले माल्दिभ्ससँग अंक खोसेको हो । मालदिभ्सले १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता बनाएको थियो । ७४ औँ मिनेटमा मनिश डाँगीले गोल फर्काएपछि नेपाल हार टार्न सफल भयो । समुह चरणको दोस्रो खेलमा नेपालले पर्सि भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
समुह बी को पहिलो खेलमा भोलि बंगलादेश र श्रीलङकाबीच प्रतिस्पर्धा हुनेछ । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने भएकाले एक जितले मात्र पनि टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । यसअघि नेपालले काठमाडौंमा भएको पहिलो र भुटानमा भएको दोस्रो संस्करणको उपाधि हात पारेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?