Logo

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी निर्वाचित

ई-खेलकुद २०७९ वैशाख २१ , बुधबार ०५:०५ मा प्रकाशित

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको अध्यक्षमा देबेन्द्र सुवेदी निर्वाचित भएका छन् । सुवेदी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका प्रत्यासी प्रकाश तिमल्सिनालाई २६ मतले पराजित गरे । निर्वाचन समितिका अनुसार सुवेदीले ५९ र तिमल्सिनाले ३३ मत प्राप्त गरे । काठमाडौंमा आज भएको मञ्चको १७ औं साधारण सभाले आगामी ३ बर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, एक सचिव र कोषाध्यक्ष भने निर्विरोध भएका थिए । प्रथम उपाध्यक्षमा निरञ्जन अधिकारी, उपाध्यक्षहरुमा सञ्जीव शिल्पकार र गोबन्द रेग्मी तथा महासचिवमा प्रज्वल ओली निर्बिरोध भएका हुन् । सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्बिरोध भए ।
सदस्यमा अनिल मल्ल ठकुरी, निशान राई र कुशल तिमल्सिना विजयी भएका छन् । महिला सदस्यमा मुना कार्की विजयी भइन् । ९४ कुल मत खसेकोमा २ मत बदर भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?