Logo

नेपाल, ओमान र अमेरिकाबिचको सिरिज आज सुरु हुँदै, नेपालको खेल भोली

ई-खेलकुद २०७९ जेठ २५ , बुधबार ०४:०६ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आज सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा आज आयोजक अमेरिका र ओमान प्रतिस्पर्धा गर्दैछन । पियरल्याण्डस्थित मोसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राती सवा ९ बजे सुरु हुनेछ । दुबै टोली सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । पछिल्ला चारै भेटमा अमेरिकालाई सहजै हराएको ओमान जितको श्रृखला जारी राख्ने योजनामा छ । अमेरिका भने ओमानसँगका २ सिरिजमा भोगेको हारको बदला घरेलु मैदानबाट लिने दाउमा छ । लिग टुमा ओमान ४० अंकमा तालिकाको शीर्ष स्थानमा छ । अमेरिका भने १८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको टोली हो ।
नेपालले भने भोली ओमानसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपाल र ओमानबीचको खेल सोही क्रिकेट मैदानमा भोली राती ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । नेपाल अमेरिकाबाट ८ अंक हात पार्दै तालिकामा २ स्थान सुधार गर्ने योजनामा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?