Logo

नेपाल आउदा अम्लाको चाहाना पाराग्लाईडिङ, प्लङकेट ट्रेकिङ जाने

ई-खेलकुद २०७६ पुस १९ , शनिबार ११:०१ मा प्रकाशित

काठमाण्डौ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा आउने विदेशी खेलाडीले नेपालमा क्रिकेट खेल्ने चाहानासंगै मनोरञ्जनका अन्य विकल्प दिन पनि आयोजकलाई आग्रह गरेका छन् । ईपीएल आयोजक संस्थाका प्रबन्ध निर्देशक अमिर अख्तरका अनुसार दक्षिण अफ्रिकि क्रिकेटर हासिम अम्लाले पाराग्लाईडिङको चाहाना ब्यक्त गरेका छन् । आयोजकले पनि उनको चाहाना अनुसार केहि दिन उनलाई पोखरा भ्रमणको तालिका तयार पारिरहेको छ । केप टाउनको सामुन्द्रिक तटमा पाराग्लाडिङ गर्ने अम्लाले नेपालमा प्राकृतिक सुन्दरताको अवलोकन पाराग्लाईडिङबाट गर्ने चाहाना राखेका हुन् ।
पाकिस्तान सुपर लिग पीएसएलमा पनि अनुबन्धीत ईङल्याण्डका लियाम प्लङकेटले सुरुवाती केहि खेल गुमाउने संभावना छ । यद्यपी उनी त्यसपछिका खेलका लागि उपलब्ध हुने गरी सम्झौताको तयारी अन्तिम चरणमा पुगेको अख्तरको भनाई छ । उनी नेपाल आउदा अमेरिकी नागरिक रहेकी श्रीमती पनि संगै ल्याउने र चार दिनको ट्रेकिङको प्रस्ताव गरेका छन् । यसलाई आयोजकले सहजताका साथ स्विकार गरेको छ ।
अख्तरले भने–यसले नेपालको पर्यटन प्रबर्धनमा पनि सहयोग पुर्याउने भएकाले विदेशी खेलाडीलाई जुनसुकै सुबिधा दिन पनि हामी कन्ज्युस्याई गर्दैनौ ।
विदेशी खेलाडीले नेपालका तस्बिर आफ्नो सामाजिक सञ्जालमा राखे मात्र पनि त्यसले सकारात्मक प्रभाव पार्ने भएकाले त्यसतर्फ आफुहरुले बिशेष ध्यान दिने आयोजकको भनाई छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?