Logo

नेपाल आइसीसीको टी–२० वरीयताको १२ औ स्थानमा

ई-खेलकुद २०७८ कात्तिक २८ , आईतबार ०९:११ मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको टी–२० वरीयतामा नेपाल एक स्थान माथी उक्लिएको छ । आईसीसीले सार्बजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान माथी चढ्दै १२ औ स्थानमा उक्लिएको हो । योसंगै नेपाल टेष्ट नखेल्ने राष्ट्रहरुको सुचीमा पहिलो स्थानमा पुगेको छ ।
नेपालले टेष्ट राष्ट्र आयरल्यान्डसँगै युएईमा जारी विश्वकप खेलेका स्कटल्यान्ड र नामिबियालाई समेत पछि पारेको हो । नेपालले १ सय ८७ रेटिङ अंक पाएको छ । नेपालपछि रहेका आयरल्यान्डको १ सय ८६ र स्कटल्यान्डको १ सय ८५ रेटिङ अंक छ । टी–२० तर्फको विश्व वरीयतामा ईङल्यान्ड शीर्ष स्थानमा छ । भारत, पाकिस्तान, न्युजिल्यान्ड र साउथ अफ्रिका क्रमश दोस्रो देखी पाँचौ स्थानमा छन् । नेपाल अघि जिम्बावे, वेष्ट ईण्डिज, श्रीलंका, बंगलादेश, अफगानिस्तान र अष्ट्रेलिया रहेका छन् ।
अमेरिका र ओमानसँगको सिरिजपछि नेपालले अन्तराष्ट्रिय टी–२० म्याच खेलेको छैन ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?