Logo

नेपाली समर्थकको क्रिकेट क्रेज, रोकेन सरकारी नियमले

ई-खेलकुद २०७८ वैशाख ११ , शनिबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । नेपालले घरेलु मैदानमा मलेसीया र नेदरल्याण्ड्ससंग त्रिकोणात्मक टि–२० सिरिज खेलिरहदा मुलुकमा कोरोना माहामारीको प्रकोप नियन्त्रण बाहिर गईसकेको छ । सक्रमणको बढ्दो अवस्थालाई ध्यानमा राखी सरकारले खेलकुदका गतिबिधिमा दर्शकको प्रबेशलाई निषेध गरेको छ । सुरुवाती केहि खेलमा दर्शकले सहजै प्रतियोगीता हेर्न पाएपनि सक्रमणको ग्राफ बढ्दै जाँदा प्रतियोगीताको चौथो खेलबाट दर्शकलाई प्रबेश गर्न दिईएन् ।
लामो समयपछि घरेलु मैदानमा अन्तराष्ट्रिय टि–२० को मज्जा लिने आशमा बसेका आम नेपाली समर्थकले मन थाम्न सकेनन् । लिगचरणका नेपालले खेलेका पछिल्ला २ खेलमा मैदान उत्रन प्रतिबन्ध लागेपछि दर्शक मैदानको हाताबाहिरै बसेर टोलीको मनोबल बढाउने निर्णयमा पुगे ।


आधारभुत स्वास्थ्य साबधानी अपनाएर हजारौको संख्यामा रहेका समर्थक फाईनल खेलका क्रममा मैदानभर देखिएका थिए । दर्शकका दृष्टिले नेपालमा क्रिकेटको माहोलको बारम्बार अन्तराष्ट्रिय रुपमा चर्चा हुने गरेको छ । यसपटकपनि नेपाली समर्थकले अनेकौ शीर्षकका समाचारको बिषयबस्तु बने । नेपाली समर्थकको क्रिकेट क्रेजलाई विपक्षी टोलीका खेलाडीले पनि मुक्तकण्ठले प्रसंसा गरेका छन् । जय नेपाली क्रिकेट !

 

दर्शक नेपाली क्रिकेट

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?