Logo

नेपाली लेग स्पिनर सन्दिपले मेलवर्नबाटै बिग बास खेल्ने

ई-खेलकुद २०७६ भदौ २७ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाली लेग स्पिनर सन्दिप लामिछानेले यो सिजन पनि पुरानै क्लबबाट बिग बास क्रिकेट खेल्ने भएका छन् । सन्दिपलाई पुरानै क्लब मेलबर्न स्टार्सले नै निरन्तरता दिने भएको हो । सन्दिपको ब्यबस्थापन हेर्दै आएका राष्ट्रिय क्रिकेट टोलीका टिम म्यानेजर रमन सिवाकोटीका अनुसार क्लब र सन्दिपबिच केहि दिनमै त्यसको औपचारिक सम्झौता हुनेछ । यसपटक उनको पारिश्रमिक कति हुने भन्ने बिषय पनि सार्बजनिक नभएको उहाले बताउनुभयो ।
यो सिजनको बिग बासमा भने उनले पुरै समय क्लबमै बिताउने सम्भावना छ । अघिल्लो सिजन राष्ट्रिय टोलीको खेल तथा बंगलादेश प्रिमियर लिग खेल्नुपर्ने भएकाले उनले बिचका खेलहरु गुमाएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?