
काठमाण्डौ । नेपाल भ्रमणमा रहेको ईङल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले दोस्रो खेलमा आज नेपाली राष्ट्रिय टोलीसंग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा हिजो अण्डर १९ टोलीसंग खेल्दै नेपाल भ्रमणको सुरुवात गरेको एमसीसीको टोलीले दोस्रो खेल राष्ट्रिय टोलीसंग खेल्न लागेको हो । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान साढे ९ बजे नेपाल र एमसीसीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । खेलमा एमसीसी जिमी एडम्स र नेपाल ज्ञानेन्द्र मल्लको कमानीमा मैदान उत्रनेछ । स्थायी कप्तानको भुमिकामा पुगेपछि ज्ञानेन्द्रको नेतृत्वमा नेपाली टोली पहिलो पटक मैदान उत्रन लागेको हो ।
आजको खेलपछि एमसीसीको टोलीले राष्ट्रिय र अण्डर १९ टोलीसंग टी–२० र राष्ट्रिय टोलीसंग ३ दिवसीय खेलपनि खेल्नेछ । यसअघि हिजो भएको खेलमा नेपाली युवा टोलीलाई ३८ रनले हराउदै एमसीसीले नेपाल भ्रमणको सुखद सुरुवात गरेको थियो ।
