Logo

नेपाली युवा टोलीले दोस्रो अभ्यासमा भोली बाटुरालियासंग खेल्दै

ई-खेलकुद २०७६ भदौ ११ , बुधबार ०४:०८ मा प्रकाशित

काठमाण्डौ । आसन्न अण्डर १९ एसियाकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा भोली बाटुरालियासंग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको फष्ट क्लास क्रिकेट क्लबबिरुद्धको खेल सुरे क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान सवा १० बजे सुरु हुनेछ ।

टोलीमा श्रीलंकाको राष्ट्रिय लिग तथा उमेर समुहको टोलीमा स्थान बनाएका खेलाडीको बर्चश्व रहेको छ । रोहित कुमार पौडेल कमानीको नेपाली टोलीले यसअघि सिन्हालिज क्रिकेट क्लबको २३ बर्ष मुनीको टोलीसंग प्रतिस्पर्धा गरेको थियो । सो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
भदौ १९ गतेबाट सुरु हुने एसियाकप क्रिकेट अघि नेपालले श्रीलंकामा ३ वटा अभ्यास खेल खेल्न लागेको हो । नेपालले शुक्रबार तेस्रो अभ्यास खेल चिला मारियन्सबिरुद्ध खेल्नेछ । सो खेलपछि नेपाली टोलीले केहि दिन नेट अभ्यास गर्ने तयारी गरेको छ । प्रतियोगितामा नेपालले भदौ २० गते आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसग नेपालको भेट हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समुह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले प्रतियोगितामा सेमिफाइनल पुग्ने लक्ष्य बनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?