Logo

नेपाली युवा टोलीले तेस्रो अभ्यासमा चिल मारियन्ससंग खेल्दै

ई-खेलकुद २०७६ भदौ १३ , शुक्रबार ०७:०८ मा प्रकाशित

काठमाण्डौ । श्रीलंकामा अर्को साता सुरु हुने अण्डर १९ एसियाकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले आज स्थानिय चिल मरियन्स क्लबसंग अन्तिम अभ्यास खेल खेल्दैछ । कोलम्बोस्थित क्लबको मैदानमा नेपाली समयानुसार बिहान सवा १० बजे अभ्यास खेल सुरु हुनेछ ।
पहिलो अभ्यास खेलमा सिङहलेस क्रिकेट क्लबको २३ बर्षमुनीको टोलीसंग ३ विकेटले पराजित भएको नेपाली युवा टोलीले हिजो भएको दोस्रो अभ्यासमा शानदार जित हात पारेको थियो । श्रीलंकाको फस्ट क्लास क्रिकेट टिम बादुरालियालाई ८० रनले हराउदै नेपालले श्रीलंका भ्रमण सुखद बनाएको हो ।
आजको अभ्यास खेलपछि नेपाली टोलीले आईतबार र सोमबार नेट अभ्यास गर्ने तयारी गरेको छ । प्रतियोगितामा नेपालले भदौ २० गते आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसग नेपालको भेट हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समुह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?