Logo

नेपाली युवा टोलीले आज ईण्डिया ए संग प्रतिस्पर्धा गर्दै

ई-खेलकुद २०७६ कात्तिक २६ , मंगलबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाली युवा टोलीले आज ईण्डिया ए टोलीसंग प्रतिस्पर्धा गर्दैछ । बैङलोरस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान सवा ९ बजे प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेलमा हिजो ईण्डिया सीसंग फराकिलो अन्तरले पराजित भएको नेपाललाई फाइनल प्रबेशको संभावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ । पहिलो खेलमा ईण्डिया बीसंग हारेको ए टोली पनि नेपाललाई हराउदै पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
नेपाली युवा टोली रित गौतम र ईण्डिया ए ध्रुवचन्द जुरेलको कमानीमा मैदान उत्रनेछ । आजै ईण्डिया बी र सीबिच पनि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?