Logo

नेपाली युवा टोलीले आज ईण्डिया सीसंग प्रतिस्पर्धा गर्दै

ई-खेलकुद २०७६ मंसीर १ , आईतबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेट प्रतियोगीताको तेस्रो स्थानका लागि आज नेपाल र ईण्डिया सी टोलीबिच प्रतिस्पर्धा हुदैछ । ४ टोली सहभागी प्रतियोगीतामा पुछारमा रहेका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । विजयवाडास्थित क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान सवा नौ बजे नेपाल र ईण्डिया सीबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।
समुहचरणका सबै खेल पराजित भएको नेपाल पहिलो जितसंगै प्रतियोगीता टुङग्याउने लक्ष्यमा रहेको छ । यसअघिको भेटमा ईण्डिया सीसंग नेपाली युवा टोली फराकिलो अन्तरले पराजित भएको थियो । घरेलु टोली आफ्नो सोहि लय कायम राख्ने योजनामा रहेको छ । च्यालेन्जर्स ट्रफिको उपाधिका लागि आजै ईण्डिया ए र बी आमने सामने हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?