Logo

नेपाली महिला टोली थाईल्याण्डसंग पराजित

ई-खेलकुद २०७६ कात्तिक २५ , सोमबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । नेपालले चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हारबाट सुरु गरेको छ । सांघाईमा आज भएको खेलमा अण्डर १९ महिला टोली चीरप्रतिद्धन्दी थाईल्याण्डसंग २९ रनले पराजित भएको हो ।
थाईल्याण्डले दिएको ९२ रनको मध्यम लक्ष्यपनि नेपालले भेट्न नसक्दा पहिलो खेलमै हार भोग्न बाध्य भयो । नेपाली ब्याट्सवुमनले उल्लेख्य प्रर्दशन गर्न नसक्दा मध्यम लक्ष्य पछ्याएको नेपाल ६२ रनमा समेटिएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको थाइल्याण्डलाई नेपालले ९१ रनमा अलआउट गरेको थियो । नेपालले आफ्नो दोस्रो खेलमा भोली आयोजक चीनको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?