Logo

नेपाली फुटबल टोलीले म्यानमार र ईङलिस टोलीसंग मैत्रीपुर्ण खेल खेल्दै

ई-खेलकुद २०७६ कात्तिक ३ , आईतबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । आसन्न विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमार र ईङलिस क्लबसंग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले नोभेम्बर ७ मा म्यानमारसंग र २०२० को मे २५ मा ईङलिस क्लब एल्डरसटसंग मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।
म्यानमारको घरेलु मैदानमा हुने खेललाई विश्वकपको होम खेल अघिको अभ्यासका रुपमा सकेत हेरिएको छ । नोभेम्बर १९ मा कुवेतसंग खेल्दै नेपालले घरेलु खेलको सुरुवात गर्नेछ । त्यसअघि नै टोलीले म्यानमारको भ्रमण गर्न लागेको हो ।
ईङल्याण्डको सी डिभिजन क्लब एल्डरसटसंगको खेल पनि क्लबको घरेलु मैदानमा हुनेछ । नेपालले  घरेलु मैदानमा कुवेत, चाईनिज ताईपेई, अष्ट्रेलिया र जोर्डनसंग खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?