
काठमाण्डौ । विश्वकप फुटबलको दोस्रो चरण छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली छनोट यात्रालाई लिएर निक्कै उत्साहि देखिएको छ । पहिलो पटक दोस्रो चरणको छनोट खेल्न लागेको नेपालले आफुलाई कसरी प्रमाणीत गर्छ त्यो हेर्न बाँकि नै रहेको छ । तथापी यर्थाथतामा यो भन्दा अघि बढ्ने संभावना भने निक्कै न्युन रहेको छ । नेपालले खेल्ने समुहमा अष्ट्रेलिया, जोर्डन, चाईनिज ताईपेई र कुवेत रहेका छन् । यो समुहमा नेपाल वरियताका हिसावमा सबैभन्दा कमजोर टोली हो । पछिल्लो बरियता नियाल्दा अष्ट्रेलिया ४६, जार्डन ९९, ताईपेई १ सय २५, कुवेत १ सउ ५६ र नेपाल १ सय ६६ औ स्थानमा रहेका छन् ।
बिहिबार कुवेतसंग खेल्दै दोस्रो चरणको छनोटको यात्रा थाल्ने नेपाल प्रतियोगिताका लागि निक्कै उत्साहि त देखिएको छ । तर त्यसलाई खुसीमा बदल्न नेपाललाई सहज भने पक्कै हुने छैन् । नेपाली टोली आईतबार बिहान कुवेतसंगको खेलका लागि त्यसतर्फ जाने कार्यक्रम छ । कुबेतलाई हराउदै विश्वकप छनोटमा सुखद सुरुवात गर्ने योजना पुरा भएमात्र नेपाली टोलीका लागि धेरै ऐतिहासिक किर्तिमान बन्नेछन् ।
सन् १९८२ मा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले हालसम्म कुवेतसंग ६ वटा खेल खेलिसकेको छ । तर कुनैपनि जित हात पार्न सकेको छैन् । पछिल्लो मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा रोक्नु बाहेक अन्य नतिजा कुवेथकै पक्षमा गएको छ । त्यसलाई चिर्न टोलीको उत्साहमा थप मेहनत आवश्यक छ ।
ताईपेईबिरुद्ध नेपालले हालसम्म एक मात्र खेल खेलेको छ । ताईपेईकै घरेलु मैदानमा गत जुनमा भएको मैत्रीपुर्ण खेलमा वरियतामा नेपाल भन्दा माथी रहेको टोलीलाई एक एकको बराबरीमा रोकेको थियो ।
समुहमा रहेको अर्को बलियो टोली हो जोर्डन । हालसम्म २ पटक अन्तराष्ट्रिय फुटबलमा आमने सामने भएको नेपाल, पहिलो खेलमा ९–० को फराकिलो अन्तरले पराजित भएको थियो । सोहि बर्ष घरेलु मैदानमा भएको दोस्रँे लेगमा भने नेपालले १–१ को नतिजा निकालेको थियो ।
समुहको सबैभन्दा बलियो टोली अष्ट्रेलियासंग भने नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । विश्वकप फुटबलमा पनि सहभागीता जनाईसकेको एसियाली पावर हाउस अष्ट्रेलियाबिरुद्धको खेल नेपालका लागि हालसम्मकै सबैभन्दा कठिन प्रतिद्धन्दीबिरुद्धको खेल हुनेछ ।
दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले पछिल्ला ६ महिनादेखी नै तयारी गरिरहेको छ । यसबिचमा नेपालले मलेसिया, चाईनिज ताईपेई र मलेसियाको लिग च्याम्पियन क्लबसंग मैत्रीपुर्ण खेल खेलेको थियो । तर ताईपेईसंगको बराबरीको नतिजा निकाल्नुबाहेक नेपालले सन्तुष्ट बन्ने खेल प्रर्दशन गर्न सकेको छैन् ।
दोस्रो चरणको छनोट खेल्ने ४० राष्ट्र मध्येबाट हरेक समुहका शीर्ष स्थानमा रहने ८ टोली र दोस्रो स्थानमा रहने उत्कृष्ट ४ गरी १२ टोलीले तेस्रो चरणको छनोटमा स्थान बनाउने छन् । ती १२ टोलीले चीनमा हुने एसियाकप फुटबलमा समेत स्थान बनाउने हुदाँ जारी छनोट महत्वपुर्ण रहेको छ ।
