Logo

नेपाली टोलीमा युवापुस्ताको निरन्तरता,अनुभवी खेलाडी अटाएनन्

ई-खेलकुद २०७९ वैशाख ९ , शुक्रबार ०३:०४ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले घरेलु मैदानमा हुने जिम्बावे ए विरुद्वको खेलका लागि टोलीको घोषणा गरेको छ । क्यानले एकदिवसीय र टी–ट्वान्टी सिरिज दुबैका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको हो । बैसाख १७ गतेबाट सुरु हुने सिरिजका लागि घोषणा गरिएको टोलीमा युवा खेलाडीलाई निरन्तरता दिइएको छ । टोलीमा विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले पुनरागमन गर्दा पुर्व कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर भने अटाएनन् । यसअघि पपुवा न्यु गीनी पीएनजीविरुद्वको एक दिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजमा पनि यी खेलाडी टोली बाहिर रहेका थिए । प्रशिक्षक पुबुदु दाशानायकेले रिर्जबमा रहेका खेलाडीलाई पनि यो सिरिजमा समेटेका छन् । नेपाल र जिम्बावेबीचमा तीन म्याचको एकदिवसीय र समान खेलको टी–ट्वान्टी सिरिज हुनेछ । दुबै टोलीको कप्तानी सन्दिप लामिछानेले गर्नेछन् । टेष्ट राष्ट्रको टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका ८ खेलाडी रहेका छन् । अनुभवका हिसाबले समेत बलियो रहेको टोलीसँग नेपालको असली परिक्षा हुनेछ ।


नेपाली टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी र देव खनाल रहेका छन् । त्यस्तै किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फले पनि टोलीमा स्थान बनाएका छन् । अन्य खेलाडीमा अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला रहेका छन् ।


नेपाल र जिम्बावेको ए टोलीबीचको एक दिवसीय सिरिज बैशाख १७ देखि २१ सम्म चल्नेछ । यस्तै टी–ट्वान्टी सिरिज बैशाख २३ देखि २६ सम्म हुनेछ । सिरिजका सबै खेल किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?