Logo

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

ई-खेलकुद २०७६ असोज २४ , शुक्रबार ०९:१० मा प्रकाशित

एजेन्सी । सिंगापुर र ओमानको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदैछ । सिंगापुरमा जिम्बावे, सिंगापुर र नेपालबिचको त्रिकोणात्मक सिरिज र त्यसपछि ओमानमा भएको ५ राष्ट्र सहभागी सिरिज खेलेर नेपाली टोली स्वदेश फर्कन लागेको हो । नेपाली टोली अहिले केहिबेरमा काठमाण्डौ आईपुग्ने टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिनुभयो ।
सिंगापुरमा सिरिज खेलेर नेपाली टोली उतैबाट ओमान गएको थियो । ओमानमा सुरुवाती २ खेलमा जित निकालेको नेपाल पछिल्ला २ खेलमा पराजित हुदै तेस्रो स्थानमा रहेर सिरिज टुङग्याएको थियो । हङकङ र नेदरल्याण्ड्सलाई हराएको नेपाल, आयरल्याण्ड र ओमानसंग भने पराजित भएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?