Logo

नेपाली क्रिकेट टोलीलाई एमसीसीको निम्तो, लर्डसमा फेरी नेपालले खेल्ने

ई-खेलकुद २०७६ मंसीर ११ , बुधबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । ईङल्याण्डको चर्चित क्रिकेट क्लब मेरिलोबोन क्रिकेट क्लब एमसीसीले नेपाललाई लर्डस भ्रमणको निम्ता दिएको छ । आगामी भदौ ८ गतेको मितीमा एमसीसीले उसैको घरेलु मैदान लर्डसमा नेपाललाई भ्रमणको निम्तो दिएको हो । यद्यपी सो खेल कुन फर्मेटको हुने भन्ने कुनै जानकारी दिईएको छैन् ।
योसंगै नेपाली टोलीलाई तेस्रो पटक लर्डस मैदानमा खेल्ने मौका जुरेको छ । पछिल्लो पटक नेपालले एमसीसी र नेदरल्याण्ड्ससंग सन् २०१६ मा लर्डस मैदानमा प्रतिस्पर्धा गरेको थियो । गतमहिना मात्र नेपाल भ्रमणमा आएको एमसीसीको टोलीले आफ्नो लिगेसी टुर अन्तर्गत आगामी बर्षको खेलतालिका सार्बजनिक गरेको हो । जसमा उसले नेपाललाई पनि समेटेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?