
काठमाण्डौ । विश्वकपको कुनैपनि स्पर्धामा छनोटचरण पार गरी नेपालले प्रतिस्पर्धा गरेको खेल क्रिकेट हो । अन्तराष्ट्रिय क्रिकेटमा पाईला चालेको छोटो समयमै नेपालले विश्वकपको यात्रा तय गरेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टि–२० विश्वकपमा नेपालले खेलेका ३ मध्ये २ मा जित र १ मा हार भोगेको नेपाल अघिल्लोचरणमा पुग्न नसकेपनि आम क्रिकेटप्रेमीको आशालाई सार्थक बनाएको थियो । नेपाली क्रिकेटले यहिअबस्थाबाट एउटा मोड पनि लिएको थियो । यसबिचमा नेपाली क्रिकेटले ऐतिहासिक छलाङ मारेपनि त्यो अवस्थामा दोस्रो पटक पुग्न सकेको छैन् । मुलुकको क्रिकेट केहि ओरालो लागेपनि नेपाली क्रिकेटले केहि स्टार भने पाउदै गएको छ । पछिल्लो समय त्यसको प्रतिनिधित्व पुर्व कप्तान पारस खड्का र सन्दिप लामिछानेले गरिरहेका छन् ।
एसोसिएट टोलीको स्तरलाई माथी पुर्याउन तत्कालिन कप्तान पारस खड्काले ठुलो योगदान दिएका छन् । टि–२० तर्फ विश्व वरियताको अलराउण्डरतर्फ टेष्ट राष्ट्रका खेलाडीपनि उछिन्न सफल पारस ब्याटिङतर्फपनि नेपाली खेलाडी मध्ये शीर्ष स्थानमा छन् । कुशल नेतृत्वसंगै मैदानमा उनको उपस्थितीले खेलको नतिजामा पार्ने प्रभाव नै भिन्न हुने गरेको छ । जस्तोसुकै परिस्थितीमा पनि उच्च प्रर्दशनको क्षमता राख्ने पारस नेपाली क्रिकेटमा सर्बप्रिय र उचो कदका खेलाडी हुन् । यसै बर्ष कप्तानको जिम्मेबारीबाट बिश्राम लिएपनि उनले राष्ट्रिय टोलीको जर्सी छाडेका छैनन् । नेपाली क्रिकेट आईसीसीको निलम्बनमा रहेका बेला पनि उनले राष्ट्रिय टोलीलार्य कुशल नेतृत्व दिदै एकदिवसीय राष्ट्रको मान्यतासम्म पुर्याए । जव नेपाली क्रिकेट कठिन अवस्थामा पुग्छ, तब धेरैले पारसको खोजी र भुमिका खोज्न थाल्ने प्रचलन पनि रहेको छ । नेपालबाट बनेका धेरै किर्तिमानमा आफ्नो नाम लेखाउन सफल पारस आम नेपाली समर्थकको सबैभन्दा प्रिय खेलाडी पनि हुन् । नेपाली क्रिकेटको मुख्य धरोहरका रुपमा रहेका पारसको चर्चा मात्र नेपालमा मात्र सिमित छैन, एसोसिएट राष्ट्र र टेष्टराष्ट्रभित्र पनि उत्तिकै रहने गरेको छ । घरेलु क्रिकेटका खम्बा पारस अन्तराष्ट्रिय फ्रेन्चाईज लिगमा भर्खरै प्रबेश गर्ने क्रममा रहेका छन् । यद्यपी उनले आम नेपालीको माया सद्भाव र समर्थक निक्कै बढि पाएका छन् । उनीसंगको तुलनामा पुग्ने क्रिकेटर नेपालमा तत्काल नै भेटिने संभावना पनि निक्कै न्युन देखिएको छ ।
विश्वस्तरका ठुला फ्रेन्चाईज लिगमा एकपछि अर्को छलाङ मार्दै गएका २० बर्षिय नेपाली क्रिकेटर सन्दिप लामिछाने नेपालको प्रतिनिधित्व गर्दै ठुला लिग खेल्ने पहिलो खेलाडी हुन् । आफ्नो स्पिन बलिङबाट विश्वस्तरका ब्याट्सम्यानलाई पभेलियनको बाटो देखाउन सफल बन्दै आएका सन्दिप नेपाली क्रिकेटर मध्येकै सर्बाधिक आर्जन गर्ने खेलाडी समेत हुन् । सानै उमेरबाट बिदेशी लिगको अनुभव लिन सफल उनी नेपाली क्रिकेटका निक्कै सफल खेलाडी हुन् । तर उनको यो सफलता तत्काल पारससंगको तुलनामा केहि न्युन नै हुन्छ । राष्ट्रिय जर्सीमापनि अनेकन सफलताको पर्याय बनेका सन्दिप नेपाली बलिङका मुख्य हतियार नै हुन् । अनुभवका हिसाबले पनि सबैभन्दा अघि रहेका उनी राईजिङ स्टार बन्ने क्रममा रहेका छन् । आम समर्थक र फ्लोअर्सका हिसाबले उनी नेपाली क्रिकेटरमध्ये अग्रपक्तिमा रहेपनि योगदानका हिसाबले पारसको स्थानमा पुग्न अझै केहि समय लाग्ने देखिन्छ ।
केहि पाटोलाई छाड्ने हो भने, अन्य क्रिकेटरहरुको तुलनामा पारस नेपाली क्रिकेटका महत्वपुर्ण हस्ती हुन् । सहज भाषामा भन्दा सन्दिप नेपाली क्रिकेटमा स्टार खेलाडी हुन भने पारस सुपरस्टार खेलाडी हुन् । यस्ता खेलाडी नेपाली क्रिकेटले पाउनु निक्कै गर्वको कुरा पनि हो ।
