
काठमाण्डौ । नेपालमा जारी साफ अण्डर १८ फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले अहिले भुटानसंग प्रतिस्पर्धा गरिरहेको छ । हल्चोकस्थित एपीएफ मैदानमा खेलको पहिलो हाफ सकिदा भुटानले १–० को अग्रता बनाएको छ ।
हिलाम्मे मैदानमा खेलको ३६ औ मिनेटमा यशी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका हुन् । निक्कै प्रतिस्पर्धात्मक खेलमा नेपालले सुरुवातबाटै केहि राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन् ।
पहिलो खेलमा माल्दिभ्ससंग एक एकको बराबरी खेलेको नेपाललाई अघिल्लो चरण प्रबेशका लागि भुटानबिरुद्ध जित्नै पर्ने दबाब रहेको छ । आजको खेलमा जित निकाले मात्र नेपाल सेमिफाइनलमा प्रबेश गर्नेछ ।
