Logo

नेपालले भोली एकै दिन फुटबलमा २ र क्रिकेटमा १ अन्तराष्ट्रिय खेल खेल्दै

ई-खेलकुद २०७६ भदौ २३ , सोमबार ०८:०९ मा प्रकाशित

काठमाण्डौ । नेपालले एकै दिन भोली तीन बेग्ला बेग्लै प्रतिस्पर्धामा आफुलाई सहभागी गराउदैछ । फुटबलका २ र क्रिकेटको एक अन्तराष्ट्रिय प्रतिस्पर्धामा भोली नेपालको सहभागीता रहनेछ । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेटमा नेपाली युवा टोलीले भोली युएईसंग प्रतिस्पर्धा गर्नेछ । कोलम्बोमा बिहान १० बजे हुने खेलमा नेपाल र युएई दुबै पहिलो जितको खोजीमा रहने छन् । श्रीलंका र बंगलादेशसंग पराजित दुबै टोली सान्त्वना जितसंगै प्रतियोगिताको सुखद अन्त्यको योजनामा मैदान उत्रने छन् ।


मध्यान्ह १२ बजे नेपाली महिला फुटबल टोलीले किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेल खेल्नेछ । ताजिकिस्तानबिरुद्धको खेलमा जित हात पार्न सके, नेपाल प्रतियोगिताको फाइनलमा प्रबेश गर्नेछ । पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ को फराकिलो अन्तरले हराएको नेपाल सोमबार भएको खेलमा उज्वेकिस्तानसंग २–० ले पराजित भएको थियो ।


भोली साझ ४ बजेर ५५ मिनेटमा नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप फुटबलको छनोट खेलमा चाईनिज ताईपेईसंग खेल्नेछ । ताईपेई स्टेडियममा हुने खेलमा दुबै टोली पहिलो जितको खोजीमा रहनेछन् । आफ्नो पहिलो खेलमा कुवेतसंग फराकिलो अन्तरले पराजित भएको नेपाल ताईपेईबिरुद्धको खेलमा लय समाउदै सुखद नतिजाको खोजीमा रहनेछ ।


घरेलु मैदानमा जोर्डनसंग भोगेको हार बिर्साउन ताईपेई नेपाललाई सिकार बनाउन चाहान्छ । फुटबल र क्रिकेट कसले भोली सुखद नतिजा दिन्छ त्यो भने हेर्न बाँकि नै छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?