Logo

नेपालले फागुनमा एसीसी इष्र्टन रिजन टी–२० खेल्ने

ई-खेलकुद २०७६ कात्तिक १८ , सोमबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । एसियाकप टी–२० को छनोटका रुपमा रहेको एसीसी इष्र्टन रिजन प्रतियोगितामा नेपालको सहभागीता निश्चित भएको छ । आगामी फागुनमा थाईल्याण्डमा हुने प्रतियोगीतामा नेपालसहित ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानमा सन् २०२० को सेप्टेम्बरमा हुने एसियाकप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो चरणको छनोटका रुपमा क्षेत्रीय छनोट हुनेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक थाईल्याण्ड, भुटान, चीन, म्यानमार, हङकङ मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । सहभागी समुहलाई २ समुहमा बिभाजन गरी प्रतिस्पर्धा गराईने छ । समुहका शीर्ष २ स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल पुग्ने टोली एसियाकपमा प्रबेश गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?