
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे समेत सहभागी त्रिकोणात्मक टि–२० सिरिज खेल्ने भएको छ । सिंगापुरले आयोजना गर्ने तीन राष्ट्रको सिरिजमा नेपाल, जिम्बाबे र सिंगापुरले प्रतिस्पर्धा गर्ने तय भएको हो । सिंगापुर क्रिकेट एसोसिएसनले जनाए अनुसार सिरिज सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म चल्नेछ । सो सिरिज लगत्तै नेपाली टोली ओमानमा हुने ५ राष्ट्र सहभागी टि–२० प्रतियोगिता खेल्न ओमान भ्रमणमा निस्कने छ ।
ओमानमा हुने ५ राष्ट्र सहभागी प्रतियोगिता भने आगामी अक्टोबर ५ देखी १० सम्म हुनेछ । सो प्रतियोगितामा आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।
