Logo

नेपालले एसीसी ईमजिंङ कप खेल्ने, पहिलो प्रतिद्धन्दी भारत

ई-खेलकुद २०७६ कात्तिक १४ , बिहीबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । नेपालले बंगलादेशमा नोभेम्बर दोस्रो साता सुरु हुने एसीसी इमर्जिङ कपमा सहभागीता जनाउने भएको छ । ढाकामा नोभम्बर १२ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपालको सहभागीता निश्चित भएको हो । प्रतियोगितामा ५ टेष्ट राष्ट्र सहित ८ टोलीको सहभागीता रहनेछ ।
प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ । यो समुहबाट भारत आयोजक बंगलादेश र हङकङ रहेका छन् । समूह ए बाट पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । तयस्तै १६ नोभेम्बरमा नेपालको भेट हङकङसंग हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले नोभेमबर १८ मा आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।


प्रतियोगितामा नेपाल, ओमान र हङकङका सिनियर टोलीले सहभागिता जनाउनेछन् । बाँकि ५ राष्ट्रबाट २३ बर्ष मुनीको टोली सहभागी हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?