Logo

नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

ई-खेलकुद २०७८ चैत्र २७ , आईतबार ०८:०४ मा प्रकाशित

काठमाडौं । नेपालले उज्वेकिस्तानसँग खेल्दै एएफसी फुटसल एसियन कप छनोटको सुरुवात गर्दैछ । किर्गीस्तानमा जारी छनोटको आफ्नो पहिलो खेल नेपालले उज्बेकिस्तानसँग खेल्न लागेको हो । बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा हुने खेल नेपाली समयानुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।
बलियो टोली उज्वेकिस्तानविरुद्व मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि हात पार्ने योजनामा रहनेछ । बलियो टोली उज्वेकिस्तानलाई हराउन सके छनोटमा नेपालको आत्मबल उच्च हुनेछ । टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले उद्घाटन खेलबाटै आफु अनुकुलको नतिजा निकाल्ने आफुहरुको रक्ष्य भएको बताए । छनोट अन्तर्गत समूह बीमा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तान र समूह चरणको अन्तिम खेल चैत २९ गते अफगानिस्तानसँग खेल्ने छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?