Logo

नेपाललाई उपाधि जित्न युएईविरुद्ध फराकिलो जित आवश्यक

ई-खेलकुद २०७८ मंसीर १० , शुक्रबार ०८:११ मा प्रकाशित

काठमाडौं । युएईमा जारी आईसीसी टी–२० महिला विश्वकपको एसीयाली छनोटमा नेपाल फाइनल नजिक पुगेको छ । ४ खेलमा १ हार र तीन जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको नेपालले समूहचरणको अन्तिम खेल आईतबार युएईसँग खेल्नेछ ।

युएई जारी प्रतियोगीताको एक मात्र अपराजित टोली हो । अघिल्ला चारै खेलमा जित निकालेको युएई उपाधिको मुख्य दाबेदार पनि हो । घरेलु मैदानमा आयोजित प्रतियोगीतामा नेपालविरुद्ध मैदान उत्रदा उसको योजना अपराजित रहने नै हुनेछ ।

नेपाललाई हराउन सके युएई छनोटको उपाधि हात पार्दै ग्लोबल छनोटमा पुग्नेछ । पहिलो खेलमा हङकङसँग पराजित भएको नेपाल भने केहि दबाबमा रहेको छ । फाइनल सरह हुने युएईविरुद्धको खेलमा नेपाललाई स्पष्ट जितसँगै नेट रनरेटमा पनि सुधार गर्न जरुरी छ ।

४ खेलबाट ८ अंक जोडेको युएईको नेटरनरेट २ दशमलव ३९८ रहेको छ । समान खेलबाट ६ अंक सहित दोस्रो स्थानमा रहेको नेपालको नेटरनरेट २ दशमलव ०८८ रहेको छ । समान ६ अंक भएपनि रनरेटमा पछि रहेको हङकङको भयपनि नेपाललाई उत्तिकै छ ।

हङकङले अन्तिम खेल कमजोर टोली कुवेतसँग खेल्न बाँकी रहेकाले उसले पनि रनरेटमा सुधार गरेर ८ अंक पुर्याउने संभावना छ । यस्तोमा नेपालले कम्तीमा २०–२५ रनमाथीको जित वा युएईले दिएको लक्ष्य १४–१५ ओभरमा भेट्नुपर्ने अवस्था छ । झिनो अन्तरको जितले भने युएईलाई नै फाइदा पुग्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?