Logo

नेपाललाई आईसीसीको डेभलेपमेन्ट अवार्ड

ई-खेलकुद २०७७ चैत्र २४ , मंगलबार ०८:०४ मा प्रकाशित

काठमाण्डौ । विश्व क्रिकेटको सर्बोच्च संस्था अनत्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाललाई अवार्ड प्रदान गरेको छ । कोरोना माहामारीका दौरान पनि घरेलु क्रिकेट विकासका लागि उल्लेखनिय काम गरेको भन्दै आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई सो अवार्ड प्रदान गरेको हो ।
नेपालले आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ ले सम्मन गरेको हो । आईसीसीले नेपाललाई एसिया क्षेत्रबाट सो अवार्ड दिएको जनाएको छ ।
नेपालसहित नामिबिया, अर्जेन्टिना, भानुता र इटालीले क्षेत्रगत रुपमा अवार्ड प्राप्त गरेको आईसीसीले जनाएको छ । क्षेत्रीय अवार्ड विजेता नेपालसहित पाँच राष्ट्र आईसीसी ग्लोबल अवार्डका लागि समेत छनोट भएका छन् । आईसीसीले ४ ग्लोबल अवार्ड विजेताको घोषणा भने अप्रिल २० मा घोषणा गर्ने छ । आईसीसीको निलम्बन आंशीक फुकुवासंगै नेपालको क्रिकेट विकासमा भएको कामलाई उच्च मुल्याङकन गर्दै आईसीसीले अवार्ड प्रदान गरेपछि नेपाली क्रिकेटको आगामी यात्रा सहज हुने संकेत समेत देखिएको छ ।

आईसीसी नेपाल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?