Logo

नेपालबिरुद्ध टस जितेको सिंगापुर ब्याटिङ गर्दै

ई-खेलकुद २०७६ असोज ११ , शनिबार ०४:०९ मा प्रकाशित

काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरस्थित ईण्डियन एसोसिएसनको मैदानमा टस जितेको सिंगापुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पहिलो खेलमा जिम्बावेसंग पराजित भएको नेपाल, दोस्रो खेलमा आयोजकलाई हराउदै तालिकामा अंक थप्न चाहान्छ । सिंगापुर भने पहिलो खेलबाटै सुखद नतिजाको खोजीमा रहेको छ । पछिल्लो पटक टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा भएको भेटमा हात पारेको सफलता जोगाउने लक्ष्यका साथ सिंगापुर मैदान उत्रिएको छ । नेपाललाई भने सो खेलमा भोगेको हारको बदला लिने अवसर पनि रहेको छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगितापछि नेपाल ५ राष्ट्र सहभागी सिरिज खेल्न ओमान जानेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?