
काठमाण्डौ । ओमानमा जारी टि–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले अहिले टेष्ट राष्ट्र आयरल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको एमिरातस्थित क्रिकेट मैदानमा टस जितेको आयरल्याण्डले ब्याटिड़ गरिरहेको छ।
आजको खेलमा नेपाललाई यसअघि सन् २०१५ को विश्वकप छनोट खेलमा ब्योहोरेको हारको बदला लिने अवसर पनि जुरेको छ । सो खेलमा आयरल्याण्डले नेपाललाई ५३ रनमा समेट्दै ८ विकेटको जित हात पारेको थियो ।
आजै हुने अर्को खेलमा नेदरल्याण्ड्सले आयोजक ओमानको सामना गर्नेछ । दोस्रो खेल सोहि मैदानमा अपरान्ह सवा ३ बजे सुरु हुनेछ ।
