Logo

नेपालद्वारा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य

ई-खेलकुद २०७८ असोज १ , शुक्रबार ०७:०९ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा समेटियो ।

कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाएको नेपालको इनिङ्समा कुशल भुर्तेलले ३६ र  गुलशन झाले २८ रन बनाए । करण केसीले १२ र  विनोद भण्डारीले १० रन  जोडे ।अमेरिकाका सौरभ नेत्राभाल्करले ४ विकेट लिए । केली फिलिपले ३ विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?