Logo

नेपालद्धारा हङकङसामु २ सय १८ रनको चुनौती, शरदको अर्धशतक

ई-खेलकुद २०७६ कात्तिक ३० , शनिबार १२:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले हङकङसामु २ सय १८ रनको चुनौती प्रस्तुत गरेको छ ।
ढाकास्थित साभर क्रिकेट मैदानमा टस जितेको हङकङले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाउदै २ सय १७ रनको योगफल तयार पारेको हो । निक्कै कमजोर सुरुवात गरेको नेपालको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए । शरद भेषावकर र दिपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय २४ बलमा ८३ रनको साझेदारी गरेपछि नेपाल सम्हालिएको थियो । शरदले चौथो विकेटका लागि आरिफ शेखसंग मिलेर ७४ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफल बनाउन सफल बन्यो ।
शरदले १ सय ३९ वलमा ९ चौकाको मद्दतमा ८९ रन बनाए । आरिफ शेखले ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३ चौकाको मद्दतमा ३७ रन बनाए । विनोद भण्डारीले १५ रनमा आउट भए । ओपनर ज्ञानेन्द्र मल्ल डकआउट भएको खेलमा कुशल भुर्तेल १ रनको ब्यक्तिगत स्कोरमा पभेलियन फर्किए । करण केसीले ७, सुसन भारीले ६ र अबिनाश बोहोराले २ रन बनाएको ईनिङसमा ३ बल खेलेका पवन सर्राफले खातै खोल्न सकेनन् ।
हङकङका अजिज खानले ३,नसरुल्ला राना र ईस्हान नवाजले समान २ तथा रौनक कपुर र अफताव हुसैनले समान १ विकेट लिए । २ सय रनको लक्ष्यसहित हङकङले केहिबेरमा जवाफि ब्याटिङ सुरु गर्नेछ ।
सेमिफाईनल प्रबेशको संभावना कायम राख्न आजको खेल जित्नै पर्ने दबावमा दुबै टोली रहेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?