
काठमाण्डौ । आसन्न अण्डर १९ एसियाकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले बादुरालिया क्रिकेट क्लबसामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय ६ रनको योगफल तयार पारेको हो । तर बर्षाले खेल अबरुद्ध बनाएपछि डकबर्थ लेविस पद्धतीका आधारमा घरेलु टोलीलाई ३१ ओभरमा १ सय ६५ रनको लक्ष्य दिईएको हो ।
नेपालका लागि रित गौतमले सर्बाधिक ७६ रन बनाए । हरी चौहानले ५६, सन्दिप जोराले २४ र आसिफ शेखले १४ रन बनाए ।
१ सय ६५ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा रहेको बादुरालियाले सामान्य ब्याटिङ गरिरहेको छ । पहिलो अभ्यास खेलमा एसएससी क्रिकेट क्लबसंग ३ विकेटले पराजित भएको थियो ।
नेपालले आफ्नो तेस्रोे अभ्यास खेल भोली चिला मारियन्सबिरुद्ध खेल्नेछ । सो खेलपछि नेपाली टोलीले केहि दिन नेट अभ्यास गर्ने तयारी गरेको छ । प्रतियोगितामा नेपालले भदौ २० गते आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसग नेपालको भेट हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समुह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।
