Logo

नेपालद्धारा बंगलादेशसामु १ सय ३९ रनको सामान्य लक्ष्य

ई-खेलकुद २०७६ मंसीर २ , सोमबार ११:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समुहचरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसामु १ सय ३९ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । ढाकास्थित साभर क्रिकेट मैदानमा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाल ४४ दशमलव ३ ओभरमा १ सय ३८ रनमा समेटिएको हो । निक्कै कमजोर सुरुवात गरेको नेपालको ईनिङस माथील्लो क्रमका ब्याटस्म्यानले केहि उकासेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २२, कुशल भुर्तेल १० र आरिफ शेखले ११ रन बनाएको ईनिङसमा भरपर्दा ब्याट्सम्यानहरु शरद भेषावकर १, दिपेन्द्रसिंह ऐरी ६, पवन सर्राफ ९ र बिनोद भण्डारी ८ रनमा आउट भए । सन्दिप झोराले खाता खोल्न सकेनन् ।
नेपालका लागि सोमपाल कामीले सर्बाधिक ३८ रन बनाए । करण केसीले १८ रन जोडे । नवौ विकेटका लागि दुबैले ९१ बलमा ५० रनको साझेदारी गरेपछि नेपाल यो स्कोरसम्म पुगेको हो ।
बंगलादेशका सेयाद अबिदिन र सुमोन खानले समान ३ तथा तानभीर ईस्लाम र महादि हसनले समान २ विकेट लिए । मिन्हाजुल अफ्रिदिको नाममा १ विकेट रह्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?