Logo

नेपालद्धारा पीएनजीसामु १ सय ६९ रनको चुनौती

ई-खेलकुद २०७८ चैत्र २१ , सोमबार ०२:०४ मा प्रकाशित

काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्यु गिनी पीएनजीसँग १ सय ६९ रनको चुनौती प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको मध्यम योगफल तयार पारेको हो । दिपेन्द्रसिंह ऐरीले सर्बाधिक ५४ रन बनाएको नेपालको ईनिङसमा करण केसीले ३३ रन बनाए । आसिफ शेखले २९,कुशल भुर्तेलले २५ र आदिल आलमले १५ रन बनाए ।
पीएनजीका सेमो कामियाले ३ तथा चाद सोपर,काबुआ मोरिया र रिले हेकुरेले एक एक विकेट लिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?