Logo

नेपालद्धारा नेदरल्याण्ड्ससामु २ सय ३९ रनको बिशाल लक्ष्य

ई-खेलकुद २०७८ वैशाख ११ , शनिबार ०२:०४ मा प्रकाशित

काठमाण्डौ । त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको फाईनलमा नेपालले नेदरल्याण्ड्ससामु २ सय ३९ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । ओपनर कुशल भुर्तेलले अर्को उत्कृष्ट ईनिङस खेलेपछि नेपालले चुनौतीपुर्ण योगफल तयार पारेको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको डच टोलीले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको बिशाल योगफल तयार पारेको हो । यो स्कोर जारी प्रतियोगीताकै सबैभन्दा ठुलो स्कोर हो । उत्कृष्ट ब्याटिङ गर्दै भुर्तेलले ७७ रन बनाए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्का प्रहार गरे । जारी सिरिजको उनको यो चौथो अर्धशतक हो । कुशल मल्लले अबिजित ५० रन बनाएको नेपालको ईनिङसमा दिपेन्द्रसिंह ऐरीले नटआउट ४८ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । आसिफ शेखले १६ रन जोडे । मात्र १८ बल खेलेका ऐरीले ५ चौका र ३ छक्का प्रहार गरे ।
नेदरल्याण्ड्सका फिलिप्पे बोईसेभिनले २ विकेट लिए । सेवास्तीयन बराटले एक विकेट लिए ।

 

नेदरल्याण्ड्स नेपाल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?