Logo

नेपालद्धारा जिम्बावेसामु १ सय ३३ रनको सामान्य चुनौती

ई-खेलकुद २०७६ असोज १० , शुक्रबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजको उद्घाटन खेलमा नेपालले जिम्बावेसामु १ सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरस्थित ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल तयार पारेको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४० रन बनाए । बिष्फोटक ब्याटिङ गरेका सोमपाल कामीले १४ बलमा ३ छक्काको मद्धतमा अबिजित २५ रन बनाए । अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् ।
सुस्त सुरुवात गरेको नेपालका माथिल्लो क्रमका ब्याट्सम्यानले सुरुवातबाट नै लय गुमाएका थिए । ओपनर ईशान पाण्डे पहिलो विकेटका रुपमा ४ रनको ब्यक्तिगत स्कोरमा पभेलियन फर्किए । आरिफ शेख ८ र कप्तान पारस खड्का १८ रनमा पभेलियन फर्किएपछि नेपाली ईनिङस संकटमा परेको थियो । मध्यक्रममा दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले ईनिङस सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् । मल्ल २ रनको ब्यक्तिगत स्कोरमा पभेलियन फर्किए । पाचौ विकेटका लागि उपकप्तान ऐरीले सन्दिप जोरासंग मिलेर ३४ रनको साझेदारी गर्दै टोलीलाई मध्यम स्कोरतर्फ डोर्याएका थिए । जोरा १७ रनमा क्याच आउट भए । बिनोद भण्डारी ११ रनमा नटआउट रहे ।
जिम्बावेका सेन विलियम्सले २ तथा विलिङटोन मासाकाट्जा, टेन्डाई चतारा, नेभिल्ले माडजिभा र रायन ब्रुलले समान एक एक विकेट लिए ।
सिंगापुर समेत सहभागी सिरिजको दोस्रो खेलमा नेपालले पर्सी घरेलु टोली सिंगापुरको सामना गर्नेछ । डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने सिरिज पछि नेपाल ओमान भ्रमणमा निस्कने छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?