Logo

नेपालद्धारा ओमानसामु १ सय ९७ रनको चुनौती प्रस्तुत

ई-खेलकुद २०७८ भदौ २९ , मंगलबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपालले ओमानसामु १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरातमा टस जितेर ब्याटिङमा उत्रिएको नेपाल ४७ दशमलव ४ ओभरमा १ सय ९६ रनमा समेटिएको हो । आसिफ शेखले सर्बाधिक ९० रन बनाएको नेपालको ईनिङसमा कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१ र रोहित कुमार पौडेलले २० रन बनाए । सन्दिप लामिछानेले १६ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ओमानका बिलाल खानले ४ तथा नेष्टोर धाम्बाले २ विकेट लिए । जेस्हान मक्सुद र महम्मद नादिमको नाममा एक विकेट रह्यो । नेपालका २ ब्याट्सम्यान रन आउट भएका थिए । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?