
काठमाण्डौ । भारतमा जारी अण्डर १९ च्यालेन्जर्स ट्रफिको आफ्नो पहिलो खेलमा नेपाली युवा टोलीले ईण्डिया सी सामु १ सय रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । विजयवाडामा टस जितेर ब्याटिङमा उत्रिएको नेपाल ३२ दशमलब १ ओभरमा १ सय १४ रनमा समेटिएको हो । कुशल मल्लले सर्बाधिक २६ रन बनाएको ईनिङसमा शेर मल्लले १४, अरुण एरीले १३ र प्रतिश जिशीले ११ रन बनाए । लोकेश बम र खडक बहादुर बोहोराले समान १० रन बनाए । ईण्डियाका चिन्तला रेड्डी, बिद्याधर पाटिल, सुबहाङ हेग्डे, मुजताव युसुफ र रवी रोशन सिंहले समान २ विकेट लिए ।
भारतका ३ र नेपालको एक टोली सहभागी प्रतियोगीतामा शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
