Logo

नेपालगञ्ज म्याराथनको उपाधि गोपिचन्द्र पार्कीलाई

ई-खेलकुद २०७७ मंसीर ६ , शनिबार ११:११ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्ज म्याराथनको छैटौ संस्करणको उपाधि विभागीय टोली एपिएफका गोपिचन्द्र पार्की र पुष्पा भण्डारीले जितेका छन् । उपाधि जितेसंगै दुबैले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । पुरुषतर्फ पार्किले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरे । उपाधिसंगै उनले ७५ हजार रुपैया प्राप्त गरे ।

आर्मीका कृष्ण बहादुर बस्नेत २ घण्टा २० मिनेट ४९ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो भए । उनले ३० हजार रुपैया हात पारे । आर्मीकै खगेन्द्र भाट तेस्रो र नबराज साउद चौथो भए । उनीहरुले क्रमश २ घण्टा २७ मिनेट २८ सेकेण्ड र २ घण्टा ३१ मिनेट २१ सेकेण्डमा दुरी पुरा गरेका थिए । तेस्रो र चौथो हुनेले क्रमश २० र १० हजार रुपैया हात पारे ।
महिलातर्फको उपाधि जितेकी भण्डारीले १ घण्टा २६ मिनेट ५४ सकेण्डमा दुरी पुरा गर्दै ३० हजार रुपैया जितिन । कर्णाली प्रदेशकी मञ्जु रावतले १ घण्टा ३० मिनेट ७ सेकेण्डको टाईमिङ निकाल्दै दोस्रो भईन् । मञ्जुले १५ हजार रुपैया हात पारिन् । लुम्बिनी प्रदेशकी शर्मिला घर्ती तेस्रो र सुदुरपश्चिमकी सकुन्तला ठगुन्ना चौथो भईन् ।
क्रियटिभ ह्याण्ड्सको आयोजनामा भएको प्रतियोगीतामा पुरुषतर्फ २५ र महिलातर्फ १२ प्रतिस्पर्धी सहभागी थिए ।
कोरोना माहामारीपछिको पहिलो राष्ट्रिय प्रतियोगीताका रुपमा रहेको नेपालगञ्ज म्याराथनलाई नेपाल एथ्लेटिक्स संघले मान्यता दिएको छ । प्रतियोगीतालाई राष्ट्रिय खेलकुद परिषद राखेपले समेत स्विकृती प्रदान गरेको थियो ।

गोपिचन्द्र पार्की नेपालगञ्ज म्याराथन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?