
काठमाडौं । नेपाल फिफा वरीयतामा ८ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरीयतामा नेपाल ८ स्थान खस्कदै १ सय ७६ स्थानमा पुगेको हो । यसअघिको वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा थियो । कुवेतमा गत महिना भएको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा लगातार ३ खेलमा पराजित भएको नेपाल त्यसलगत्तै वरीयतामा खस्किएको हो । पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको नेपाल कुवेतसँग ४–१ ले तथा ईण्डोनेसीयासँग ७–० ले पराजित भएको थियो ।
नेपालले सन् २०१४ पछि फिफाको वरीयतामा सबैभन्दा धेरै स्थान गुमाएको हो । नेपाल दक्षिण एसीयाली मुलुकहरुमध्ये तेस्रो स्थानमा छ । नेपाल अघि माल्दिभ्स र भारत रहेको छन् ।
