Logo

नेपालको वरियातामा एक स्थान सुधार

ई-खेलकुद २०७८ वैशाख २० , सोमबार ०३:०५ मा प्रकाशित

काठमाण्डौ । नेपालले वान डे र ट्वान्टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय वरियातमा एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियातामा नेपाल वान डे तर्फ १६ औं र ट्वान्टी–२० तर्फ १३ औं स्थानमा पुगेको हो । यसअघि नेपालको वरियाता वान डेमा १७ औं टी–२० मा १४ औं थियो । वान डे मा नेपाल भन्दा तल यूएई, नामिबिया, अमेरिका र पीएनजी छन् भने ट्वान्टी–२० मा नेपाल भन्दा माथि १२ वटा टेष्ट राष्ट्र छन् ।
आईसीसीको वरियातामा टेष्टमा इण्डिया, वान डेमा न्युजिल्याण्ड र ट्वान्टी–२० मा ईङ्ल्याण्ड शीर्ष स्थानमा छन् ।

आईसीसी वरियता नेपाल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?