Logo

नेपालको प्रशिक्षक बन्न ६० जनाको आवेदन

ई-खेलकुद २०७८ कात्तिक १५ , सोमबार ०३:११ मा प्रकाशित

काठमार्डौ । राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ क्यानले खुलाएको बिज्ञापनको अन्तिम म्यादसम्म ६० वटा आवेदन परेको हो ।

आवेदन दिएकाहरुलाई छनोट समितिले केहिदिनपछि अन्र्तवार्तामा बोलाउने जनाएको छ । यसपटक पनि विश्व क्रिकेटमा नाम चलेका प्रशिक्षकले आवेदन दिएको क्यानले जनाएको छ ।

यद्यपी उसले आवेदन दिएका प्रशिक्षकहरुको नाम सार्बजनिक गरेको छैन् । क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?