
काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको बोर्ड बैठक आज बस्दैछ । दुबईमा अपरान्ह बस्ने बैठकले नेपाल क्रिकेट संघ क्यानमाथीको निलम्बन फुकुवा गर्ने संभावना छ । बोर्ड बैठकको एजेण्डा सार्बजनिक नभएपनि आईसीसीको गाईडलाईन अनुसार प्रक्रिया अघि बढाएको नेपालका सम्बन्धमा केहि न केहि निर्णय आउने अपेक्ष्ाँ गरिएको छ । नेपालको पछिल्लो प्रगतीलाई औपचारिक बिज्ञप्ती जारी गरी स्वागत गरेको आईसीसीले लगत्तैको बैठकमा सो बिषय प्रबेश गराउने संभावना रहेको हो ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार कमिटिले प्रतिवेदन बुझाईसकेको अवस्थामा आजको बैठकमा त्यसलाई एजेण्डाका रुपमा अघि लैजाने संभावना छ । जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनसंगै स्वतन्त्र कमिटिले तयार पारेको बिधानमा रहेर क्यानका प्रक्रिया अघि बढेका छन् । यसबिचमा अदालतमा बिचाराधिन रहेको मुद्धा फिर्तासंगै अन्य विवादित बिषयमा पनि सहमती बनिसकेको छ ।
अपरान्ह बस्ने बैठकबाट नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा भए, सक्रमणबाट गुज्रीरहेको नेपाली क्रिकेटले ठुलो राहात पाउनेछ ।
