Logo

नेपालको निलम्बन फुकुवा गर्ने आईसीसीको तयारी, विकसित प्रगतीमा खुसी ब्यक्त

ई-खेलकुद २०७६ असोज १४ , मंगलबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वलाई अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले स्वागत गरेको छ । आईसीसीले आज बिज्ञप्ती जारी गर्दै नेपालमा भएको प्रगतीप्रति खुसी ब्यक्त गरेको हो । जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन सहज रुपमा सम्पन्न भएको भन्दै बिज्ञप्तीमा यसले नेपाली क्रिकेटको एकता पनि प्रष्फुटित भएको उल्लेख गरेको छ ।
अघिल्लो साता काठमाण्डौमा भएको विशेष साधारण सभाले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन्–नेपालको विकसीत अवस्थाप्रति हामी अन्यन्त खुसी भएका छौ । आईसीसीले गरेको सुधारकै परिणाम यसलाई भन्न सकिन्छ ।
पछिल्लो सफलताले नेपाली क्रिकेटको एकता कायम गरेको ख्वाजाको भनाई छ । आईसीसीले नेपाली क्रिकेट विवादलाई समाधानको प्रयासम हातेमालो गर्ने सबैमा धन्यवाद समेत दिएको छ । नेपाली टोलीले प्रतिबन्धका बाबजुद पनि एकदिवसीय मान्यता पाएको, युवा र महिला टिमले राम्रो प्रदर्शन गरेको भन्दै आईसीसीले निलम्बनपछि पनि टोलीलाई खेल्न दिने आफ्नो निर्णय सहि भएको दाबी गरेको छ ।
आईसीसीले बिज्ञप्तीमार्फत नेपालले आफ्ना सबै सर्त पुरा गरिसकेको भन्दै आसन्न बैठकबाट सकारात्मक निर्णय आउने संकेत गरेको छ । आईसीसीको बोर्ड बैठक दुबईमा अक्टोबर दोस्रो साता बस्दैछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?