Logo

नेपालको ओडिआई मान्यता सन् २०२३ सम्म रहने

ई-खेलकुद २०७७ कात्तिक २२ , शनिबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । नेपालको एकदिवसीय अन्तराष्ट्रियको मान्यता सन् २०२३ सम्म रहने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले कोरोना माहामारीका कारण विश्वकप छनोटका खेलको तालिका प्रभावित भएको भन्दै वहाल रहेका राष्ट्रको मान्यता एक बर्ष थप गर्ने भएको हो । नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार आईसीसीले सबै वन डे मान्यता प्राप्त राष्ट्रको हकमा लागु हुने गरी एक बर्षको समयाबधी थप गर्ने जनाएको हो ।
सन् २०१८ मार्च १५ मा नेपालले विश्वकप छनौट प्रतियोगिताको पहिलो प्ले अफ खेल जिते पश्चात एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो । ४ बर्षका लागि पाएको मान्यता सन् २०२२ मा सकिने थियो । तर आईसीसीले आफ्नो नियममा केहि परिवर्तन गर्दै विश्वकप छनोटका खेलहरु प्रभावित भएकाले समयाबधी एक बर्ष लम्ब्याएको हो ।
नेपालले आईसीसीको एसोसिएट सदस्य बनेको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । एकदिवसीय राष्ट्रको मान्यतापछि नेपालले कुल ६ खेल मात्र खेलेको छ । जसमा ३ जित र समान हारको नतिजा निस्किएको छ ।

आईसीसी नेपाल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?