Logo

नेपालको अन्य लिग खेलेका विदेशी खेलाडीले ईपीएल खेल्न नपाउने

ई-खेलकुद २०७६ पुस १७ , बिहीबार ०७:०१ मा प्रकाशित

काठमाण्डौ । आसन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा नेपालको अन्य घरेलु क्रिकेट लिग खेलेका विदेशी खेलाडीले खेल्न नपाउने भएका छन् । प्रतियोगिताको आयोजक एभरेष्ट प्रिमियर लिग प्रालीले बिज्ञप्ती जारी गर्दै अघिल्लो संस्करणपछि भएका घरेलु लिग क्रिकेट खेलेका विदेशी खेलाडीले प्रतियोगिता खेल्न नपाउने जनाएको हो ।
त्यस्तै ईपीएल खेल्न आउने विदेशी खेलाडीले आफ्नो मुलुकको बोर्डको सिफारिस पनि अनिवार्य लिनुपर्ने प्राबधान राखिएको छ । यसअघि विदेशी खेलाडीहरु स्विकृती नलिई नेपाली लिगमा सहभागी हुदै आएका थिए ।
यसैबिच आयोजकले प्रतियोगितालाई १२ दिन सार्दै नयाँ मिति सार्बजनिक गरेको छ । यसअघि फागुन १७ बाट हुने भनिएको प्रतियोगिता अव चैत १ गतेबाट हुनेछ । नेपाल क्रिकेट संघ क्यानबाट सो मिति अनुमोदन गराएको आयोजकले आईसीसीमा पनि स्विकृतीका लागि पठाएको जनाएको छ ।
ईपीएलका लागि आयोजकले २ लाख न्युनतम मुल्य राखी १४ खेलाडीको नाम पनि आजै सार्बजनिक गरेको छ । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लसंगै उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, करण केसी, शरद भेषवाकर र आरिफ शेख रहेका छन् । त्यस्तै सन्दिप लामिछाने, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुवास खकुरेल, पवन सराफ, बसन्त रेग्मी, प्रदिप ऐरी, सुसन भारी, अभिनाश बोहोरा र सोमपाल कामी पनि १४ जनाको समुहमा परेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?