Logo

नेपालका दुबै ओपनरले बोके चोट, सुबासलाई टोलीमा बोलाईयो

ई-खेलकुद २०७९ जेठ २२ , आईतबार ०५:०६ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीका २ ब्याट्सम्यानले चोट बोकेका छन् । टोलीका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले चोट बोकेपछि ओमानसँगको पहिलो खेल गुमाउने भएका हुन् । खुट्टाको चोट बोकेका कारण दुबैले पहिलो खेल गुमाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

विकेटकिपर ब्याट्सम्यान आसिफले नेपाली अलस्टारविरुद्दको अभ्यास खेलमा चोट बोकेका थिए । कुशलले पनि अभ्यासका क्रममा चोट बोकेका हुन् । दुबै ओपनर उपलब्ध नहुने भएपछि टोलीमा अनुभवी विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेललाई समावेश गरिएको छ । अमेरिकासँगको खेलमा विगतमा राम्रो प्रर्दशन गरेका खकुरेल टोलीको क्याम्पमा समेत सहभागी थिए ।

नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज जुन ९ बाट सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल सोहि दिन ओमानसँग खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?