Logo

नेपाल,अमेरिका र ओमानबीचको सिरिजको तालिका सार्वजनिक

ई-खेलकुद २०७९ वैशाख १४ , बुधबार ०७:०४ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले खेल्ने चौथो सिरिजको तालिका सार्वजनिक भएको छ । चौथो सिरिजका रुपमा नेपालले अमेरिकामा घरेलु टोली र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । जुन ९ देखी १५ सम्म हुने सिरिज अमेरिकाको वालेर काउन्टीमा हुनेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीका अनुसार सिरिजको पहिलो खेलमा नेपाल र ओमान प्रतिस्पर्धा गर्नेछन् । नेपाल र ओमानबीचको उद्घाटन खेल जुन ९ मा हुनेछ । त्यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । जुन १४ मा ओमानसँग खेल्ने नेपालले सिरिजको अन्तिम खेल जुन १५ मा अमेरिकासँग खेल्नेछ । लिग टु मा नेपालले हालसम्म तीन सिरिजका १२ खेल खेलेको छ । जसमा ६ जित र समान हारको नतिजासँगै नेपाल १२ अंकमा तालिकाको छैठौ स्थानमा छ । ओमान ४० अंकमा शीर्ष र अमेरिका १४ अंकमा तालिकाको पाँचौ स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?